Sunday, September 15, 2024

रोटरी मार्केटमा निर्मित वाटर फाउन्टेन पार्क हस्तान्तरण

ताजा / भरखरै प्राप्त

मनहरी–असार १४ गते । मनहरी बजारमै रहेको तत्कालीन रोटरी माध्यमिक विद्यालयलाई अन्यत्र सारेपछि निर्माण भएको रोटरी मार्केट (व्यवसायिक स्थल) मा वाटर फाउन्टेन पार्क निर्माण गरिएको छ ।

रोटरी क्लव अफ हेटौँडाले आन्तरिक कोष उपयोग गरी रोटरी मार्केट परिसरमा वाटर फाउन्टेन निर्माण गरी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको उपस्थितिमा रोटरीको डिस्ट्रिक्ट एजी सुरेश सिंह ठकुरीसहितका रोटरियनहरुले वाटर फाउन्टेनलाई राष्ट्रि रोटरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँ, प्रधानाध्यापक गोविन्द पौडेल लगायतलाई हस्तान्तरण गर्नु भएको थियो ।

कूल ९ लाख ७५ हजार रुपियाँ लागतमा निर्माण भएको वाटर फाउन्टेन पार्कको हस्तान्तरणसँगै अब पार्कको संरक्षण, सञ्चालन र सम्बद्र्धनको जिम्मेवारी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको हुनेछ ।

विद्यालयसँगको समन्वयमा निर्माण गरिएको वाटर फाउन्टेनले राजमार्ग छेवैको मनहरी बजारको सौन्दर्यमा बृद्धि गरेको रोटरियन एबम् व्यवसायी बिदुर रिजालले बताउनुभयो ।

वाटर फाउन्टेन पार्कको हस्तान्तरण कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले रोटरी क्लवले समग्र रुपमा सामाजिक हितका लागि गरेका कामहरुको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पौडेल, रोटरीका डिस्ट्रिक्ट एजी ठकुरी, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

रोटरी क्लव अफ हेटौँडाका अध्यक्ष सुशय पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा वाटर फाउन्टेनको निर्माण कार्यमा योगदान गर्नु भएकामा मकवानपुर उ्रद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका निवर्तमान सभापति नारायण सुवेदीलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरु, रोटरी क्लवका सदस्यहरु, समाजसेवी, खेलाडी, सञ्चारकर्मी र भद्रभलाद्मीहरुको उपस्थिति थियो ।

लोकप्रिय

Related Articles