Wednesday, May 22, 2024

बुद्धशान्ति हरित पार्कमा बृक्षरोपण

ताजा / भरखरै प्राप्त

मनहरी–असार १४ गते । मनहरी गाउँपालिका ७ स्थित बुद्धशान्ति हरित पार्कमा बृक्षरोपण गरिएको छ ।

राष्ट्रिय बृक्षरोपण दिवसको अबसरमा पार्कमा बृक्षरोपण गरिएको हो । मनकामना सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालय राप्तीसँग समन्वय गरी चिउरी, सतिसाल लगायतका बिरुवा रोपेको हो ।

बृक्षरोपण कार्यक्रममा स्थानीय उपभोक्ताहरु, वन समूहका पदाधिकारीहरु, सव डिभिजन वन कार्यालयका कर्मचारीहरु, युनिभर्सल लर्निङ एकेडेमीका विद्यार्थी तथा शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बृक्षरोपण समारोहलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष नवराज सुवेदीले वन, वातावरण जोगाउनका लागि बृक्षरोपण कार्यले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

६ बर्षअघि निर्माण थालिएको बुद्धशान्ति पार्कमा बुद्धको मूर्ति स्थापित छ भने गोलघरहरु बनेका छन् ।

सभा हल निर्माणाधीन रहेको पार्क क्षेत्रमा मर्निङ वाकका निम्ति ८ फिटको बाटो बनाउने अवधारणा अघि बढेको मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरेशकुमार मुक्तानले बताउनुभयो ।

लोकप्रिय

Related Articles