Monday, March 17, 2025

जलपरी झरनालाई सिंगार्न फूलका बिरुवा रोपियो

ताजा / भरखरै प्राप्त

मनहरी–असार १५ गते । राक्सिराङ गाउँपालिकाको प्रमुख पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गरेको वडा नं ३ जलपरी झरना र चमेरो गुफा क्षेत्रमा फूलका विरुवाहरु रोपिएको छ ।

राष्ट्रिय बृक्षरोपण दिवसको अबसर पारेर राक्सिराङ गाउँपालिकाले पर्यटकीय क्षेत्रको सौन्दर्यता बृद्धिका लागि बृक्षरोपण गरेको हो ।
सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा रहेको जलपरी झरना र चमेरो गुफामा ५ सय थान फूलका बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ ।

गुलमोर, लालुलाते, चुवा लगायतका फूलका बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

बिरुवा रोप्ने कार्यमा गाउँपालिका अध्यक्ष मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, ३ नं वडाध्यक्ष उत्तम वाइबा, ७ नं वडाध्यक्ष रामबहादुर प्रजा, ९ नं वडाध्यक्ष रामकुमार बाल्पा थिङ, सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङसहित कर्मचारी, सञ्चारकर्मी, विभिन्न टोल विकास संस्थाबाट सहभागी प्रतिनिधिहरु, सूर्याेदय माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरु सहभागिता रहेको थियो ।

हाल निर्माणाधीन अबस्थामा रहेको जलपरी झरना परिसरलाई आगामी दशैँअघि नै आकर्षक पर्यटकीय गन्तब्यको रुपमा अघि बढाइने र हरेक किसिमका सार्बजनिक कार्यक्रम, तालिम र गोष्ठीहरु समेत सोही परिसरमा सञ्चालन हुने गरी व्यवस्था मिलाउने गरी काम अघि बढाइएको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

बृक्षरोपण कार्यक्रमपछि आयोजित सभामा गाउँपालिका अध्यक्ष मल्ल, उपाध्यक्ष थिङ, सामुदायिक वन उपभोक्ता समूह महासंघ राक्सिराङका अध्यक्ष थलबहादुर थापा (सन्तोष), सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तामाङ, सञ्चारकर्मी शिवकुमार काशी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

उहाँहरुले जतिसक्दो जलपरी झरना परिसर नजिकै होमस्टे वा व्यवस्थित आवासीय होटल सञ्चालन हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

लोकप्रिय

Related Articles