Wednesday, May 22, 2024

मनहरी बजार र राक्सिराङमा सव स्टेशनबाट विद्युत पठाइँदै

ताजा / भरखरै प्राप्त

मनहरी–असार ११ गते । मनहरी ८ सिमपानीमा निर्माण भएको सब स्टेशनबाट अहिले विद्युत प्रबाह गर्ने तयारी छ ।

सोमबार बिहान ११ बजे आसपासबाट विद्युत प्रबाह गर्नेगरी अहिले मनहरी बजार र राक्सिराङ जाने विद्युत प्रणालीमा विद्युत अबरुद्ध गरिएको छ ।

केहीबेरमै सव स्टेशनमार्फ परिक्षणकालीन विद्युत प्रबाह गर्ने तयारीमा नेपाल विद्युत प्राधिकरण लागिपरेको छ ।
कुनै प्राविधिक समस्या आएमा सम्पर्क गर्न नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ ।

कुनै समस्या आएमा प्राधिकरणका फिल्ड कर्मचारी सुरज श्रेष्ठलाई ९८५५०६९९९३ मा फोन गर्न सकिनेछ ।

लोकप्रिय

Related Articles