मनहरी–असार ९ गते । मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार ल्याउने भएको छ ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मनहरी लाइभसंग कुराकानी गर्नुहुँदै असार १० गते आइतबार नीति तथा कार्यक्रम ल्याइने तर बजेट भने असार २५ गते भित्र पारित गरिने बताउनुभयो ।
गाउँपालिकाले यस वर्ष कृषिलाई प्रमुख प्राथमिकताका साथ नीति तथा कार्यक्रम ल्याउने भएको छ ।
गाउँपालिकाले घोषणा गरे बमोजिम कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रर बजेट ल्याउन लागिएको उहाँले बताउनुभयो ।
जस अनुसार गाउँपालिकाले वडा प्याकेज कृषि कार्यक्रम ल्याउने भएको छ । पालिकाले प्रत्येक वडामा एउटा प्राविधिक खटाउने जनाएको छ । वडा प्याकेज अन्र्तगत निशुल्क विउ, विजन, औषधी वितरण गरिने उहाँले बताउनुभयो ।
साथै स्वास्थ्य सेवा अन्तर्गत जेष्ठ नागरिकलाई प्रत्येक ६–६ महिनामा घरदैलोमै पुगेर सेवा सुविधा दिइने बताउनुभयो । घरदैलोमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरी औषधी दिइने उहाँले बताउनुभयो ।