मनहरी–असार ४ गते । मनहरी गाउँपालकाले महिलाहरुको आयआर्जनमा टेवा पुगोस भन्ने हेतु सहित ५ दिने तोफु तथा मिक्स अचार बनाउने तालिम सुरु गरेको छ ।
महिलाहरुको लागि सिपमुलका तालिम अन्तर्गत गाउँपालिकाको आयोजनामा सोमबारबाट ३५ जना महिलाहरुलाई अचार बनाउने तालिम दिन लागेको हो ।
अचार बनाएर आयआर्जन गरी आत्मनिर्भर बन्न सक्ने गरी तालिमको आयोजना गरिएको मनहरी गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष सिता पुलामी मगर (रेखा) ले बताउनुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले तालिम पश्चात तालिम अनुसार कार्य अनुशरण गर्न आग्रह गर्नुभयो ।
तालिम तालिमका लागि मात्र नभई दैनिक जीवनमा लागु गर्नुपर्ने उहाँले बताउनुभयो । तालिम सकिए पश्चात तपाँईहरुको घरघरमा पग्दा यहाँ सिकेका अचारका परिकार चाख्न पाइयोस भन्दै सहभागीहरुलाई आग्रह समेत गुर्नभयो ।
गाउँघरमा नै उत्पादन हुने, आँप, गाँजर, मुला लगायतका उत्पादनलाई नयाँ ढङ्गबाट बजारीकरण गर्न सकिने र यसको मूल्य समेत राम्रो भएकोले उत्पादन गर्न पछि नहट्न आग्रह गर्दै यसको बजारीकरणक लागि गाउँपालिकाले नै समन्वय गर्ने उहाँले बताउनुभयो ।
तपाँईहरु उत्पादन गर्नुस, बिक्रि नहोला कि भन्ने सोच्नु पर्दैन् । कालाखेतीले भन्नुभयो । यसका लागि गाउँपालिकाले तपाईहरुको उत्पानद विक्रि गर्न मद्यत गर्छ ।