मनहरी–असार ३ गते । सिविन बाल हेल्पलाइनको आयोजना तथा मनहरी गाउँपालिकाको समन्वय तथा साप्लानिरको सहकार्यमा भएको तीन दिने रेडियो रिपोर्टिङ तालिम आइतबार समापन भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९ का बालबालिकाहरुलाई रेडियो रिपोर्टिङ कार्यशाला राखिएको हो । शुक्रबार शुरु भएको कार्यक्रम आइतबार समापन भएको हो । बाल हेल्पलाईनको कार्यक्षेत्र अन्तर्गत पर्ने उक्त वडाका बालबालिकाहरुलाई तालिम दिइएको हो ।
रेडियो रिपोर्टिङ कार्यक्रमको प्रमुख प्रशिक्षकमा मकवानपुरका बरिष्ठ सञ्चारकर्मी रिपेश दाहाल हुनुहुन्थ्यो । त्यस्तै प्रशिक्षकहरुमा रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर शिव कुमार रिजाल, बुलबुल खबर डटकमका सम्पादक ज्ञानेन्द्र तामाङ, रेडियो मनहरी एफएमका सहायक स्टेशन म्यानेजनर तथा कालीपोखरी डटकमका सञ्चालक उमेश राई लगायतकाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागीहरुलाई रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने कुरा, रिपोर्टिङको महत्व, रेडियो कार्यक्रमको उत्पादन तथा निर्माणका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष नमराज सुवेदीको प्रमखु आतिथ्यता रहेको थियो । त्यस्तै मनहरी गाउँपालिका महिला तथा बालबालिका शाखाका शिला अधिकारी, सिविन बाल हेल्पलाईनका झविन्द्र ज्ञवाली लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा १५ बालबालिकाहरुको सहभागिता रहेको थियो ।