Tuesday, May 21, 2024

नेपाल रेडक्रस सोसाइटी उपशाखा मनहरीको १ दिने वडा स्तरीय बिपद न्यूनीकरण पुर्ब तयारी गोष्ठी सम्पन्न

ताजा / भरखरै प्राप्त

मनहरी–जेठ २७ गते । नेपाल रेडक्रस सोसाइटी उपशाखा मनहरीको आयोजनामा १ दिने वडा स्तरीय बिपद न्यूनीकरण पुर्ब तयारी गोष्ठी शनिबार भएको छ ।

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतिको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति लाल बहादुर थापाको बिशिस्ट आतिथ्यतामा गोष्ठी भएको हो ।

मनहरी रेडक्रसका सभापती मोहन कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिका सदैव नेपाल रेडक्रस सोसाइटीसंग हातेमाले गर्दै अघि बढ्ने बताउनुभयो ।

साथै गाउँपालिकामा घट्ने बिपदलाई न्यूनिकरणमा सदैव रेडक्रसलाई सम्पुर्ण जिम्मा दिएर अगाडी बढाउने बताउनुभयो । मनहरी गाउँपालिकाको विपद कोषबाट रेडक्रसलाई सघाउने प्रतिवद्धता समेत गर्नुभएको थियो ।

गोष्ठीबाट मनहरी गाउँपालिका अन्तर्गतका ९ वटै वडाबाट २–२ जना प्रतिनिधि रहने गरी वडास्तरीय स्वयम सेवक तयारीका लागि गोष्ठी सम्पन्न गरेको हो ।

कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्षहरु, रेडक्रसका प्रतिनिधिहरु लगायतकाको उपस्थिति रहेको थियो ।

लोकप्रिय

Related Articles