मनहरी–जेठ २६ गते । साना किसाना सहकारी संस्था मनहरी ८ ले आफ्नो २५ औँ वार्षिकोत्सव रजत जयन्तीको अवसरमा आयोजित सप्तहाव्यापी कार्यक्रम शुक्रबार समापन गरेको छ ।
संस्थाको सभाहलको समुद्घाटन गरी सप्ताहव्यापी कार्यक्रम समापन गरेको हो । सभा हल समुद्घाटको लागि नेपाल कृषि सहकारी केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसहकारी केन्द्रीय सदस्य खेम बहादुर पाठक प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।
संस्थाका अध्यक्ष विमला कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सिता पुलामी मगर (रेखा), अतिथिहरुमा संस्थाका संस्थापक अध्यक्ष तथा निवर्तमान मनहरी गाउँपाकिलाका अध्यक्ष एकराज उप्रेती, मकवानपुर उद्योगा बाणिज्यसंघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रम संस्थाबाट विद्यागत कृषक सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो । दुग्ध उत्पादन तर्फ सोरिना सुवेदी, एन.एल.एस.आई.पी परियोजना उत्कृष्ट निर्मला सुवेदी, भक्तिमायाँ माझि, लक्ष्मी राई त्यस्तै पशुपालनतर्फ पाडा पालनमा मान बहादुर मोक्तान, बाख्रापालनमा अनिता अर्याल, बिमला थोक्रा र बंगुर पालनमा बिमला स्याङ्बो सम्मानित हुनुभएको हो ।
त्यस्तै उत्कृष्ट कर्जातर्फ सर्वाेत्कृष्ट कारोबारमा सुजिता कार्की, सहुलियत कर्जा सदुपयोगमा सिर्जजना तिमिल्सिना, उत्कृष्ट सदस्यमा नानीछोरी नेपाली, उत्कृष्ट महिला उद्यमीमा लक्ष्मी प्रजा रहनुभएको छ ।
त्यस्तै तरकारी खेतीतर्फ राममाया अर्याल र कमला राईलाई सम्मान गरिएको हो । संस्थापक अध्यक्ष एकराज उप्रेतीलाई संस्थापक अध्यक्ष सम्मान प्रदान गरिएको थियो भने दिर्घ सेवा सम्मान कर्मचारीतर्फबाट मूख्य प्रबन्धक ज्योती सुवेदी र कार्यालय सहायक विष्णु प्रसान अर्याललाई प्रदान गरिएको थियो ।
त्यस्तै संस्थापक पूर्व प्रबन्धकमा बिष्णु प्रसाद कालाखेती, निर्मला कडरिया, कर्मचारीहरुमा राममणी पराजुली, गोपाल प्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो ।
त्यस्तै धेरै अबधि सञ्चालकका तर्फबाट लेखा संयोजक मातृका ढुंगाना र संचालक सदस्य रामकृष्ण उप्रेतीलाई सम्मान गरिएको थियो ।