Friday, September 13, 2024

राक्सिराङ गाउँपालिकाद्वारा नीति तथा कार्यक्रमका विषयमा सरोकारवालाहरुसंग छलफल

ताजा / भरखरै प्राप्त

मनहरी–जेठ २६ गते । राक्सिराङ गाउँपालिकाले शुक्रबार सरोकारवालाहरुसंग सुझाव संकलन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र वजेट तर्जुमा सन्दर्भमा सरोकारवालाहरुसँग सुझाव संकलन गरेको हो ।

कार्यक्रमका सभाध्यक्ष गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आगामी वर्षमा सबैको भावना समेटिएको नीति, कार्यक्रम तथा वजेट तर्जुमा गरीने प्रतिवद्धता जनाउनुभएको छ ।

गाउँपालिकामा धेरै समस्या भएको तर अब सधैँभरी पिछडिएको भनेर मात्र सुख नपाउने भन्दै कुनै पनि हालतमा यो ठाउँको विकास गर्ने ठेक्का पाएको भन्दै त्यो पुरा गरेरै छाड्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

शुक्रबार भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले स्वागत मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा उहाँले आउँदो आर्थिक वर्षको वजेटमा सबै राजनैतिक दल लगायत सरोकारवालहरुको प्रतिनिधीत्व रहन आवश्यक रहेको बताउनुभयो ।

गत वर्ष पनि यसैगरी छलफल र सुझावको आधारमा निती निर्माण तथा वजेट तर्जुमा गरेको सम्झदै उहाँले राम्रो परिणाममुखी वजेट निर्माण गर्न सहयोग पुगेको बताउनुभयो ।

सबैको सहकार्यबाट निर्माण गरीएको वजेटको अपनत्व लिन सबै सरोकारवालाहरुले छाती फराकिलो पार्नु पर्ने समेत उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले सहजिकरण गर्नुभएको कार्यक्रममा उहाँले संक्षिप्तरुपमा चालु आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा सुझाव दिँदै राजनितीक दलका तर्फबाट प्रतिनीधीत्व गर्नुहुँदै नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका सभापती बिरेन्द्र जिम्बाले बिभिन्न विषयगत क्षेत्रहरुमा सुधार गर्नुपर्ने बताउनुभयो ।

कृषी देखि पर्यटन लगायत सबै क्षेत्रलाई समानान्तर हिसाबले समेट्न सके सबै राक्सिराङबासीको शिर ठाडो रहने भन्दै आगामी नीति तथा कार्यक्रममा समावेश हुनुभपर्ने बताउनुभयो ।

कार्यक्रममा वडाअध्यक्षहरु नेकपा माओवादी केन्द्र राक्सिराङका अध्यक्ष हस्त बहादुर मुक्तान, राष्ट्रिय स्वतन्त्र पार्टि राक्सिराङका सभापती राजन मल्ल, गैह्र सरकारी संस्थाका प्रतिनिधि, विद्यालय प्रतिनिधि, शिक्षक, सहकारी संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायहरुको उपश्थीती रहेको थियो ।

लोकप्रिय

Related Articles