राक्सिराङ–जेठ २५ गते । राक्सिराङ गाउँपालिका वडा नम्बर ३ स्थीत सुर्याेदय माविले बिहिबारदेखी ३ दिने मन्टेश्वरी शिक्षण तथा शैक्षिक सामग्री कार्यशाला गोष्टी सञ्चालन गरेको छ ।
एक औपचारिक कार्यक्रमका बिच वडा नम्बर ३ का वडा अध्यक्ष उत्तम वाइवले तालिमको उद्घाटन गर्नुभएको हो ।
परिवर्तित पठ्यक्रम र पाठ्यपुस्तकका विषयमा प्रबोधिकरण संगै शिक्षण सिकाई कृयाकलापलार्य परिवर्तन र नयाँ आयाम थप्दै अघि बढाउने उद्येश्य सहित तालिमको आयोजना गरिएको उक्त विद्यालयका प्रधानाध्यापक सिताराम सुवेदीले बताउनुभयो ।
सिकाइलाई दिगो बनाउन, सिकारुलाई सिकाईप्रति चासो बढाउनु नै मूल उदेश्य रहेका भन्दै सुवेदीले तालिम पश्चात शिक्षकहरुमा थप उर्जा थपिने विस्वास व्यक्त गर्नुभयो ।
उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ओमकार घलानको समाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा ३ नम्बर वडाध्यक्ष उत्तम वाइबा, अतिथिहरुमा छिमेकी विद्यालयका प्रधानध्यापकहरु रहनु भएको थियो ।
तालिमको प्रशिक्षककोरुपमा सीता अधिकारी रहनु भएको छ । बिहिबारदेखी सुरु भएको तालिम २७ गते समापन हुने प्रधानाध्यापक सुवेदीले बताउनुभयो ।