Sunday, February 9, 2025

साना किसानको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहिबार संस्थापक शेयर सदस्यहरुविच अन्तरक्रिया, शुक्रबार समापन

ताजा / भरखरै प्राप्त

मनहरी–जेठ २५ गते । साना किसान सहकारी संस्था मनहरी ८ को २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत बिहिबार स्थापना कालदेखिको शेयरसदस्यसंग अन्तरकृया र सम्मान कार्यक्रम गरेको छ ।

पाँच सय शेयर सदस्यहरुबाट शुरु गरेको संस्थाले २५ औं बर्ष पार गर्दैगर्दा धेरै संस्थापक सदस्यहरु गुमाईसकेको अवस्थामा बाँकी रहेका सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ केन्द्रिय सदस्य तथा चितवन जिल्ला अध्यक्ष हरि प्रसाद पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष एकराज उप्रेती, पदम बहादुर तितुङ, सस्थापक उपाध्यक्ष चन्द्र बहादुर बर्ताैला, सरिता बिक, तेजराज उप्रेती, रामहरी सुवेदी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

संस्थाका पुराना सदस्यहरुले ५ रुपैया बाट बचत शुरु भएको बिगद सम्झदै खाजा खाने पैसा समेत बचत गरि अहिलेको अवस्था सम्म आईपुग्ने आधार स्तम्भ खडा गरिदिएको अब यसलाई थप मजबुत र ब्यबस्थित गर्न नयाँ टिमको रहने भन्दै शुभकामना दिएका थिए ।

त्यस्तै साताव्यापी कार्यक्रमको अन्तिम दिन संस्थाको सभाहल समुद्घाट गरी समापन हुने भएको छ । सभा हल समुद्घाटको लागि शुक्रबार नेपाल कृषि सहकारी केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसहकारी केन्द्रीय सदस्य खेम बहादुर पाठक आउनुहुने संस्थाका प्रबन्धक ज्योती सुवेदीले बताउनुभयो ।

२०५५ जेस्ठ २५ गते पुर्ण स्वामित्वमा संस्थाले आफ्नै नेतृत्व गरेर यहि जेष्ठ २६ गते देखि २५ औं बर्ष पार गरि २६ औं बर्षमा प्रबेश गर्दैगर्दा संस्थाको नब निर्मित सभाहलको समुद्घाटन गर्दै साताब्यापी कार्यक्रम समापन गर्ने कार्यक्रम तय गरिएको थियो ।

लोकप्रिय

Related Articles