मनहरी–असार ५ गते । मनहरी गाउँपालिका शिक्षा शाखाले गाउँपालिका अन्तर्गतका निमावि र मावि तहका गणित विषयका शिक्षकहरुलाई तालिम आयोजना गरेको छ ।
शाखाले सोमबारबाट पाँच दिवसीय पेशागत क्षमता विकास तालिम सुरु गरेको शिक्षा शाखाका प्रमुख हरिचन्द्र सापकोटाले बताउनुभयो ।
तालिममा नयाँ परिमार्जित पाठ्यक्रमको प्रबोधिकरण, गणित विषयको परियोजना कार्य निर्माण, प्रयोगात्मक परीक्षा कसरी लिने, अंक कसरी प्रदान गर्ने, गणित विषयलाई सजिलो विषय कसरी बनाउने भन्ने विषय सामेल हुने उहाँले बताउनुभयो ।
साथै नयाँ पाठ्यक्रम अनुसार कसरी प्रश्नपत्र निर्माण गर्ने, गणित प्रयोगशालामा आवश्यक सामग्री निर्माण, शिक्षण सिकाई सामग्री निर्माण लगायतका विषयमा तालिम दिईने छ ।
तालिममा मावि विद्यालयबाट निमावि र मावि गरी २ र निमावि विद्यालयबाट १ जना गणित विषयको शिक्षहरु उपस्थित भएको सापकोटाले बताउनुभयो ।
तालिम पश्चात शिक्षहरुमा कसरी शिक्षण गर्ने, विद्यार्थी केन्द्रिति शिक्षण, नयाँ पाठ्यक्रम अनुरुपको शिक्षण लगायतको विषयमा जानकार हुने अपेक्षा राखिएको छ ।
असार ४ गते देखि सुरु भएको तालिम ८ गतेसम्म चल्ने छ । कार्यक्रममा गाउँ शिक्षा शाखा प्रमुख सापकोटा, स्रोत व्यक्ति पुर्णभद्र भुसाल लगायतकाको उपस्थिति रहेको थियो ।