मनहरी–जेठ २४ गते । साना किसान सहकारी संस्था मनहरी ८ द्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय रोटरी माविकिा रोजिना प्रजा प्रथम भएकी छिन् ।
संस्थाको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित चौथो दिनको कार्यक्रममा गरिवि न्यूनिकरणमा साना किसानाको भूमिका विषयका वक्तृत्वकलामा रोजिना प्रथम भएकी हुन् भने राष्ट्रिय माविकी सुष्मा प्रजा द्वितीय भईन् ।
त्यस्तै गरी महेन्द्र किरण माध्यामिक बिधालयकी दिलिपा सुबेदी तृतीय र युनाईटेड ईङ्लिस सेकेण्डरीकी शृष्टि सदाशंकर र भोज शिद्द माध्यामिक बिधालयकी सम्झना खड्का क्रमश सान्त्वना भईन्।उनिहरुले नगद र प्रमाणपत्र प्रात गरे ।
प्रतियोगितामा रामहरी सुवेदी र पन्च गोपाली निर्णायकको भुमिकामा रहेका थिए । संस्थाको अध्यक्ष बिमला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा ५ वटा बिधालयको शिक्षक प्रतिनिधिहरुलाई मायाको चिनो बितरण गरेको थियो ।