Friday, September 13, 2024

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

ताजा / भरखरै प्राप्त

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ ।

पछिल्लो समय जंक फुड (पत्रु खाना) मा आम मानिसको ध्यान गइरहेको सन्दर्भमा विद्यालयले सचेतनास्वरुप पोषण प्रदर्शनी कार्यक्रम राखेको विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेलले बताउनुभयो । विद्यालयले आफ्नै नेतृत्वमा चमेना गृह सञ्चालन गर्दै आइरहेको छ ।

चमेना गृहमा दैनिकरुपमा मकै भटमास, जाउलो, खिर लगायतका खाजाहरु विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको छ । शुक्रबारीय कार्यक्रम अनुरुप आयोजना गरिएको पोषण प्रदर्शनी कार्यक्रममा हरेक बार खाना चार भन्ने सन्देश समेत प्रदान गरिएको उक्त विद्यालयका विद्यालय नर्स सुष्मा कार्कीले बताउनुभयो ।

रैथाने खानेकुरालाई कसरी खाने? पोषणमा कसरी सुधार ल्याउने भन्ने सन्देश दिन पोषण प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले रैथाने बाली, गेडागुडी, फलफुलको प्रदर्शन गरेका थिए ।

कुपोषणका कारण मानिसमा देखा पर्ने रोगहरुबाट निर्मुल पार्नका लागि हामीले खाने खानेकुरमा निर्भर रहने हुँदा नेपाल सरकारले सञ्चालन गरेको अभियान हरेक बार खान चारलाई अनुशरण गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

लोकप्रिय

Related Articles