Friday, February 14, 2025

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

ताजा / भरखरै प्राप्त

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय जनवकालत मञ्च नेपालको सहकार्यमा सामुदायिक वनले उपभोक्ताहरुका लागि एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा सब डिभिजन वन कार्यालय राक्सिराङका प्रमुख दिनेश सत्यालले सामुदायिक वनको महत्व र उपभोक्ताहरुको दायित्व बिषयमा सहजीकरण गर्नुभएको थियो ।

उहाँले वनको संरक्षण गर्ने र त्यसबाट लाभ लिने दुवै काम उपभोक्ताको भएको बताउँदै वन क्षेत्रमा काननुले बर्जित गरेका कुनै पनि गतिविधि सञ्चालन नगर्न सचेत गराउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य चन्द्र प्रसाद थानीले वन समुहको दायित्व निकै फराकिलो रहेको बताउनुभयो ।

वन सम्बन्धि कानुन निकै जटिल र अप्ठ्यारो प्रकृतिको भएकाले पनि वन समुहलाई चुनौती रहेको र सचेत भएर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।

उपभोक्ताको दायित्व, समितिको जिम्मेवारी र वन कार्यालयको भुमिकाबारे उहाँले चर्चा गर्नुभयो । कार्यक्रममा सहभागी उपभोक्ताहरुले काठ उपभोग, मानव तथा बन्यजन्तु बीचको द्धन्द र सामुदायिक वनबाट लिन सकिने सेवा सुविधाबारे जिज्ञासा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राक्सिराङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष उत्तम वाइबाले सामुदायिक वनहरुले संरक्षण, बिकास निर्माण र आयआर्जनसँग जोडिएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय वन ऐन निर्माण गरिने र वन व्यवस्थापनका सन्दर्भमा गम्भीर भएर काम गरिने प्रतिवद्धता ब्यक्त गर्नभयो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष सन्तोष थापा, विभिन्न टोल बिकास संस्थाका अध्यक्ष, समाजसेवी, वन समुहका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम वन समुहका अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा भएको थियो । अध्यक्ष तामाङले वन संरक्षण, उपभोक्ताको माग र नितिगत ब्यवस्थापनको बिषयमा गम्भीर रुपमा काम गरिरहेको बताउनुभयो ।

लोकप्रिय

Related Articles