Saturday, June 22, 2024

सोमबारबाट ज्यामिरेमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने

ताजा / भरखरै प्राप्त

मनहरी–बैशाख ३ गते । श्री कृष्ण प्रणामी मन्दिर सेवा समिति मनहरी–९ ज्यामिरेको आयोजनामा यहि बैशाख ४ गतेबाट श्रीमद भावगवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

बैशाख ४ गते देखि १० गतेसम्म सञ्चालन हुने तारतम सागर ज्ञान एवम् श्रीमद् भागवत महायज्ञमा भागवत आचार्य वाणी विसारद नविन कृष्णा शास्त्रीबाट प्रवचन हुने प्रचार प्रसार संयोजक लक्ष्मण गिरीले बताउनुभयो ।

दैनिक कार्यक्रम अन्तर्गत प्रत्येक दिन विहान १० बजे पुष्प अर्पण र दिउसो ३ बजे प्रसाद वितरण हुने छ । त्यस्तै विशेष कार्यक्रम अन्तर्गत बैशाख ७ गते मध्यान्ह १२ बजे मातातिर्थ औँसी (आमाको मुख हेर्ने दिन) मा आमाको सम्झनामा दश भागवत र बृहत आरती हुने गिरीले बताउनुभयो ।

त्यस्तै बेशाख १० गते अक्षय तृतियाको दिन वार्षिक उत्सवको साथै पूर्णआरती हुने छ । श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा श्रदालु भक्तजनहरुलाई उपस्थित भई पुण्य लाभको लागि समेत आग्रह गरेको छ ।

लोकप्रिय

Related Articles