Wednesday, May 22, 2024

राक्सिराङमा ट्रयाक्टरको ट्रेलरबाट खसेर मृत्यु

ताजा / भरखरै प्राप्त

मनहरी–चैत २७ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकामा ट्रयाक्टरको ट्रेलरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

आइतबार राति भएको दुर्घटनामा राक्सिराङ गाउँपालिका ६ का ३३ बर्षी काजीमान प्रजानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको राप्ती नगरपालिका ६ थाकलटारबाट राक्सिराङ गाउँपालिका ६ तर्फ सिमेन्ट लोड गरी जाने क्रममा रहेको ना ६ त नं को ५११८ नं को ट्रयाक्टरको ट्रेलरमा चढेको काजीमान अकस्मात लडी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि चितवनको पुरानो मेडिकल लगिएपनि सोमबार बिहान मृत घोषित भएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

लोकप्रिय

Related Articles