Friday, September 13, 2024

ए प्लसको दौडमा लाग्दा देश परनिर्भर बन्दै गयोः अध्यक्ष कालाखेती

ताजा / भरखरै प्राप्त

मनहरी–बैशाख ७ गते । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले विद्यार्थी र शिक्षकहहरु सबै ए प्लसको दौडमा लाग्दा देश परनिर्भर हुँदै गएको बताउनुभएको छ ।

किताबी ज्ञानलाई मात्र रट्टाएर उत्कृष्ट नतिजा ल्याउने होडमा सिपमुलक जनशक्ति उत्पादन हुन नसकेको र जसको कारण दैनिक उपभोग्य वस्तु समेत आयात गर्नुपर्दा देश परनिर्भरता धकेलिएको बताउनुभएको हो ।

पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अन्तर्गतका विद्यालय व्यवस्थापन समिति र प्रअहरुकौ बैठकमा बोल्दै अध्यक्ष कालाखेतीले यस्तो बताउनुभएको हो ।

यसैगरी देशमा आयातको क्रम बढिरहे देश १० वर्ष पछि सुडान जस्तै हुने विज्ञहरुको तर्कलाई आत्मसाथ गर्दै कालाखेतीले विद्यार्थीलाई हाम्रा पुराना पुस्ताले गर्ने काममा फर्कनुपर्ने बताउनुभयो ।

३२ वटा सामुदायिक र ८ वटा निजि गरी मनहरी गाउँपालिकमा ४० विद्यालयको रहेकोमा यहि आर्थिक वर्षदेखी ५ देखि ७ वटा विद्यालय छनोट गरी पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

जसका लागि निती तथा कार्यक्रममै बालबालिकाको सवल भविष्य निर्माणका विषय समिटिने बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कालाखेतीले प्रअ तथा शिक्षकहरुलाई ‘मेरो तलब पाकिहाल्छ १० देखि ४ बजे सम्म पढाउने त हो बाँकी किन टाउको दुखाउनुुपर्यो’ भावाना त्याग्न समेत आव्हान गर्नुभयो ।

लोकप्रिय

Related Articles