मनहरी–चैत १९ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन आइतबार अनिवार्य गणित विषयको परीक्षा भएको छ ।
चैत १७ गतेबाट यस वर्षको एसईई परीक्षा सुरु भएको हो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएकोमा दोस्रो दिन मनहरी गाउँपालिकामा ३० जना विद्यार्थी अनुपस्थित भएका छन् ।
गणित विषयको परीक्षामा मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी माविको परीक्षा केन्द्रमा ३६८ जना परीक्षार्थीको नाम भएपनि १७ जना भने अनुपस्थित भएका छन् ।
१७ जना मध्य ६ जना नियमित तर्फ र ११ जना ग्रेड वृद्धिका विद्यार्थी अनुपस्थित भएको हो । पहिलो दिनको परीक्षा देखिी नै ति १७ जना अनुपस्थित भएको उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष गोविन्द पौडेलले बताउनुभयो । त्यस्तै महेन्द्र किरण माविमा ३४६ विद्यार्थी संख्या रहेकोमा दोस्रो दिनको परीक्षामा १३ जना विद्यार्थी अनुपश्थित भएका छन् । नियमिति तर्फका सबै विद्यार्थी उपस्थित भएको तर ग्रेड वृद्धि तर्फ १३ जना विद्यार्थी अनुपस्थित भएको उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष शिव बहादुर रिमालले बताउनुभयो ।
त्यस्तै मकवानपुर जिल्लाभरमा भने दोस्रो दिनको परीक्षामा ६ हजार १ सय ३५ जना विद्यार्थी सहभागी भएका छन् । ३ हजार ३ सय ५ जना छात्रा र २ हजार ८ सय ८० जना छात्र परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्राविधिक प्रेमचन्द्र चौधरीले जानकारी दिनुभएको छ ।
प्राविधिक सहायक चौधरीका अनुसार परीक्षा फारम भरेका १ सय ८ जना परीक्षार्थी अनुपस्थित भएका छन् । ३९ जना छात्रा र ६९ जना छात्रा अनुपस्थित भएको चौधरीले जानकारी दिनुभयो ।