Wednesday, January 15, 2025

मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मुक्तान

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन १६ गते । मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा शुरेश मुक्तान चयन हुनुभएको छ ।

मंगलबार भएको साधारण सभाबाट मुक्तानलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै वनको सचिवमा गिता शाही, कोषाध्यक्षमा मनिसा स्याङ्तान, उपाध्यक्षमा बालकृष्ण मोक्तान र सह सचिवमा शंकर श्रेष्ठ चयन हुनुभएको हो ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी प्रजा, चित्र कुमारी थिङ, निर्मला गोले, दिल माँया प्रजा, गगन कर्माचार्यलाई सदस्यमा सर्वसम्मत चयन गरेको हो । निवर्तमान अध्यक्ष चन्द्र बहादुर पौडेलको सभाध्यक्षतामा भएको भेलामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष सिता पुलामी मगर, सव डिभिजन वन कार्यालय मनहरीका प्रमुखको विशेष आतिथ्यता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कालाखेतीले वन समितिहरुले पारदर्शीढंगले वन संरक्षण र सम्बर्धनका लागि राम्रो काम गर्न नसकिरहेको भन्दै नयाँ समितिलाई वन सम्बर्धन, प्रवर्धन र संरक्षणमा उदाहरणीय काम गर्न सुझाव समेत दिनुभयो ।

लोकप्रिय

Related Articles