राक्सिराङ–फागुन १६ गते । राक्सिराङ गाउँपालिकाले अनुदानको कोटामा प्राप्त रासायिनिक मल हाटबजारमार्फत बितरण गरेको छ ।
पहिलो लटमा प्राप्त २२० बोरा युरिया मल हाटबजारमा लगेर बितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैलासहित कार्यपालिका सदस्यहरु सहभागी भएको हाट बजारमा किसानहरुलाई कुपन बितरण गरी मल बितरण गरिएको हो ।
मल बितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मल्लले कृषि उपज बढी भएको राक्सिराङ गाउँपालिकाका लागि अझै मलको कोटा बढाउनका लागि पहल गरिने बताउनुभयो ।
उहाँले पहिलो लटमा २२० बोरा मल बितरण गरिएपनि दोस्रो लटमा ३ सय किसानको नागरिकताको फोटोकपी र आवश्यक डकुुमेन्ट बितरण तयार गरिएको जानकारी दिनुभयो ।
राक्सिराङ ५ चैनपुरस्थित मनहरी खोला किनारमा हरेक महिनाका १ गते र १५ गते हाट बजार सञ्चालन हुन थालेको छ ।
फागुन १ गतेबाट हाटबजारको सुरुवात गरिएको हो । हाटबजारमा स्थानीय उत्पादनहरुको बिक्री बितरण र प्रवद्र्धन गर्ने कार्य भइरहेको छ ।