Saturday, September 14, 2024

हेटौडामा पहिलो पटक सुचना प्रविधि मेला हुने

ताजा / भरखरै प्राप्त

हेटौडा–फागुन १७ गते । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखाको आयोजनामा हेटौंडामा पहिलो पटक बागमती प्रदेशस्तरीय सूचना–प्रविधि (क्यान इन्फोटेक) मेला हुने भएको छ ।

मेलामा कम्प्युटरका हार्डवेयर, प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिेकेशन डिभाइस, वीमासम्बन्धी प्र्र्र्र्र्रदर्शनी तथा विक्री स्टल रहने जनाएको छ । कुल ४० वटा स्टल रहने मेला चैत २ गतेदेखि ६ गतेसम्म हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा आयोजना हुनेछ ।

कृषिमा डिजिटलाइजेसनको प्रयोग, नेटवर्किङ र सीसी टिभी तालिम हुने मेलका संयोजक तथा बागमती प्रदेश अध्यक्ष पुष्पराज पुडासैनीले बताउनुभयो ।

यस्तै शिक्षक, विद्यार्थी तथा युवालक्षित साइवर सुरक्षाजस्ता ३ वटा आइसिटी सेमिनारसमेत सञ्चालन हुने जनाएको छ । मेलामा रोबर्ट र पब्जी प्रतियोगिताको आयोजना हुनेछ ।

गेममा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ । रोबार्ट र पब्जी दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने मेलाका संयोजक पुडासैनीले बताउनुभयो । मेलामा विद्यार्थीलाई १० रुपैयाँ र अन्यलाई २५ रुपैयाँ टिकटको व्यवस्था तथा इ–टिकटको पनि व्यवस्था गरिने उहाँले बताउनुभयो ।

लोकप्रिय

Related Articles