मनहरी–फागुन ७ गते । नेकपा एमालेको छाता संगठन अखिल नेपाल किसान महासंघ मनहरी गाउँ कमिटीको अध्यक्षमा लोकनाथ ढुंगाना चयन हुनुभएको छ ।
आइतबार भएको भेलाले ढुंगानाको नेतृत्वमा १५ सदस्यीय समिति चयन गरेको हो । समग्र किसानहरुको हकहित र अधिकारको लडाईको लागि नेतृत्व गर्न अघि सरेको ढुंगानाले बताउनुभयो ।
रेडियो मनहरी एफएमसंग कुराकानी गर्दै ढुंगानाले सरकारले फेसबुकमा प्रचार गरेर किसानसम्म नपुग्ने भन्दै सरकारको कदम गलत रहेको बताउनुभएको छ । वास्तविक किसानहरुले राम्रोसंग एन्ड्रोइड मोवाइल चलाउन नजान्ने हुँदा फेसबुकमा प्रचार गरेर किसानहरुले सुचना थाहा नपाउने बताउनुभयो ।
स्थानीय सरकारले कम्तीमा महिनाम एकपटक किसान तथा कृषि समूहसंग छलफल गरी गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधाका विषयमा जानकारी गराउनुपर्ने, किसानहरुको समस्या सुन्नुपर्ने, बुझ्नुपर्ने बताउनुभयो ।
हुनेखाने, पहुँचवालाले मात्र कागजपत्र पुर्याउन सक्ने भएकोले अनुदान लिने भन्दै साना तथा वास्तविक किसानलाई पनि अनुदान दिनुपर्नेमा जोड दिनुभयो । ठुला किसानहरुलाई मात्र अनुदान लगायत सेवा सुविधाहरुमा जोड दिने परिपाटि त्याग्नुपर्ने जोड दिनुभयो ।
किसानले उब्जाएको कृषि उपजबाट मात्र जिविकोपार्जन हुने भएकोले कृषकहरुलाई हरेकबालीमा विमा तथा अनुदानको व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो ।