Wednesday, May 22, 2024

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन ८ गते । सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीय राधा अधिकारी रहेकी छन् । सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी अधिकारीलाई हात्तीले आक्रमण गर्दा घाइते भएकी थिइन् ।

घाइते उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको लगिएको थियो त्यहाँ उपचार हुन नसकेपछि चितवन स्थित चितवन मेडिकल कलेजमा लगिएको थियो ।

चितवन मेडिकल कलेजमा उपचारको लागी लाने क्रममा बाटोमै अधिकारीको मृत्यु भएको ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो ।

हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका छन् ।

लोकप्रिय

Related Articles