Sunday, September 15, 2024

सालक संरक्षणमा बजेट अपुग भए छलफलगरी सम्बोधन गर्न सकिन्छः वन मन्त्री विष्ट

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन ५ गते । बागमती प्रदेशका बन तथा वातावरण मन्त्री राजु विष्टले सालक र बन तथा पारिस्थितिक प्रणाली संरक्षणमा बिनियोजित रकम अपुग भए छलफल गरि सम्बोधन गर्न सकिने बताउनु भएको छ ।

विश्वमा पाइने ८ प्रजातिका सालक मध्य नेपालमा २ प्रजातिका पाइने त्यो पनि मकवानपुर जिल्लामा अझ बढि पाउने भएकोले सालकलाई मकवानपुर जिल्लाको गौरवको जनावरकोरुपमा अघि बढाउनु राम्रो कार्य भएको बताउनुभयो ।

साथै कर्मचारीहरु सुतेर बस्ने गरेको कैयन उदाहरणमा राप्ती डिभिजन वन कार्यालयक प्रमुख विष्णु प्रसाद आचार्यले भने ठिक उल्टो काम गरी सरकारलाई झझकाएको भन्दै प्रंशसा समेत गर्नुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सालकको सन्दर्भमा यस्तो बृहत जानकारीमुलक कार्यक्रम मकवानपुरमै पहिलो पटक भएको र मकवानपुर जिल्लालाई सालकमैत्री बासस्थान बन्ने र बनाउने अभियानमा जिसस सहकार्य गर्न तैयार रहेको बताउनुभयो ।

साथै आगामी दिनमा समनवय गर्न कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता समेत जनाउनु भयो । कार्यक्रममा बागतमी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले मन्त्रालयले सालक संरक्षणको लागि यस आवमा ५ करोड रकम विनियोजित गरेको बताउनुभयो।

नेपालमा सालक संरक्षणको अभियान २०३० सालदेखि शुरु भएको भएतापनि अहिले यसको सार्थकता बढेकोमा खुशी ब्यक्त गरेका थिए । डिभिजन बन अधिकृत बिष्णु प्रसाद आचार्य सभाध्यक्ष रहेको कार्यक्रममा बोल्दै उहाँले सालक भनेको साना बालक जस्तै भएको भन्दै बालकलाई माया गरेजस्तै गरी सालकलाई पनि माया गर्नुपर्ने बताउनुभयो ।

वातावरणमा रहेका धमिरा, किरा खाई बाली नास हुनबाट जोगाउने भएकोले किसानको असली साथी सालक भएको भन्दै मानिस र सालक मीत लगाउनुपर्ने बताउनुभयो । साथै मकवानपुरलाई अब ६ महिना सम्ममा सालकलाई चिनाउनेगरी कार्य सम्पादन हुँदै गरेको जानकारी दिनुभयो ।

कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गराउन सहयोगी भुमिका निर्बाह गरिदिनुहुने सबै संघ सस्थालाई धन्यबाद समेत ब्यक्त गर्नुभयो । विश्व सालक दिवस मनाउने क्रममा दोश्रो दिनको कार्यक्रम अन्तर्गत सालक सम्बन्धी कबिता, निबन्ध, गित र भजन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सालको विषयमा तयार पारिएको गीतमा युनिभर्सल लर्निङ एकेडेमीका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा सहभागी भएका युनाईटेड ईङ्लिस बोर्डिङका १० कक्षामा अध्ययनरत छात्र सोभित खड्काले सालकको बारेमा यसरी बृहत रुपमा थाहा पाउदा ज्यादै खुसी लागेको भन्दै आयोजकलाई धन्यवाद दिए ।

कार्यक्रममा सहभागी एबम बिद्यार्थीहरुले निशुल्क रुपमा फेस आर्ट गरी सालक प्रती सद्भाव देखाएका थिए । कार्यक्रममा मनहरीका सामुदायिक तथा निजि स्कुलका बिद्यार्थी, सामुदायिक बन समुहका पदाधिकारी फरेस्ट्री क्याम्पस हेटौडाका बिद्यार्थी, विभिन्न संघ सस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि एबम जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

लोकप्रिय

Related Articles