मनहरी–फागुन १ गते । नेपाली कांग्रेस मनहरी गाउँ कमिटीको अगुवा कार्यकर्ता भेला भएको छ । मंसीर ४ गते भएको संघ र प्रदेशको निर्वाचन पश्चात पहिलोपटक मनहरी कांग्रेसले कार्यकर्ता भेला गरेको हो ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले निर्वाचनको परिणामलाई विश्लेषण गर्दै पार्टी सृद्धृढिकरण गर्दै लैजानु पर्ने बताउनुभएको छ ।
साथै निर्वाचनका समयमा नेपाली कांग्रसेसकै उम्मेदवार आनन्दराम पराजुली र महालक्ष्मी उपाध्याय डिनालाई हराउन लागेको भन्ने आरोपको पनि खण्डन गर्नुभएको छ ।
निर्वाचन पश्चात पराजुली र डिना पराजित हुनुभएपछि पार्टीभित्रैबाट बानियालाई षड्यन्त्र र अन्तर्घात गरेको आरोप लागेको थियो । सोही आरोपलाई खण्डन गर्दै बानियाँले १७ हजार मतान्तरले जित्ने आफु पनि मात्र १७ सयले जित्दा मैले कसरी अन्तर्घात गरे भन्दै प्रश्न गर्नुभएको थियो ।
साथै निर्वाचनको समयमा पार्टी पार्टीविच गठबन्धन भएपनि जनताको विचमा भने गठबन्धन हुन नसक्दा गठबन्धनका उम्मेदवारहरुले कम मत प्राप्त गरेको र हार व्यहोर्नुपरेको बताउनुभयो ।
नेपाली कांग्रेस मनहरी गाँउ कमिटीका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षतामा भएको भेलामा जनतामाझ पार्टी संगठनलाई कसरी लैजाने, पार्टीबाट जितेरका गएका जनप्रतिनिधिहरुले समन्वय गर्नुपर्ने विषयमा छलफल भएको पार्टी सभापति बर्तौलाले बताउनुभयो ।
साथै निर्वाचनका समयमा भएका भुल तथा गल्तीहरुलाई स्विकारेर वडा तहबाटै पार्टीलाई सुद्धिृढिकरण गरेर लैजाने विषयम समेत छलफल भएको बर्ताैलाले बताउनुभयो ।