Thursday, April 18, 2024

मनहरी गाउँपालिकामा हुने राष्ट्रपति रनिङ शिल्ड छनौट खेलको तयारी पुरा

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन २ गते । मनहरी गाउँपालिकामा हुने राष्ट्रपति रनिङ शिल्ड छनौट खेलको तयारी पुरा भएको छ ।

बुधबार र बिहिबार (फागुन ३ र ४ गते) हुने छनौट खेल राष्ट्रिय रोटरी माविमा सञ्चालन हुँदै छ ।

११ मावि र ६ वटा निमावि रहेको रहेको मनहरी गाउँपालिकामा १७ विद्यालयले सहभागिता जनाउने राष्ट्रपति रनिङ शिल्ड खेल संयोजक तथा राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेलले बताउनुभयो ।

३ दर्जन भन्दा बढि खेल इभेन्टमा तीन सय भन्दा बढि खेलाडीले सहभागिता जनाउने उहाँले बताउनुभयो । यहि फागुन ६ र ७ गते हुने मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट विद्यागत टिमले सहभागिता जनाउने छन् ।

लोकप्रिय

Related Articles