Thursday, April 18, 2024

मोबाईल एशोसियसन अफ नेपाल मनहरीको अध्यक्षमा ब्लोन

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन १ गते । मोवाईल एशोसिएसन अफ नेपाल पश्चिम क्षेत्र मकवानपुर मनहरीको अध्यक्षमा हिमशिखर ब्लोन चयन हुनुभएको छ ।

सोमबार भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले भ्लोनलाई अध्यक्षमा चयन गरेको हो । साथै ब्लोनको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

साथै एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सौगात श्रेष्ठ, उपाध्यक्षमा रुकेश श्रेष्ठ, महासचिवमा रुद्रबहादुर मुक्तान, सचिवमा वीरबहादुर गोले, कोषाध्यक्षमा भगवान रौनियार, सह–कोषाध्यक्ष एनिस कर्माचार्य चयन भएका छन् ।

त्यस्तै एशोसिएसनको सदस्यहरुमा ईशाक प्रजा, सुमित मधिकर्मी, निरज रिमाल, सुवास भट्ट चयन भएका छन् ।

एशोसिएसनका अध्यक्ष चन्द्रमणी पाठकको सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका सदस्य तथा पश्चिमी क्षेत्रका सभापति नारायण सुवेदीको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

लोकप्रिय

Related Articles