राक्सिराङ–फागुन १ गते । हाट बजार भन्ने बित्तिकै बजारमा किनेर लगी मान्छेहरुको भीडभाड हुने चोकचौतारामा अस्थायी व्यापारिक केन्द्र बनाएर बिक्री गर्ने तरिकालाई आम मानिसले बुझ्ने गर्दछन् ।

अर्थात, ठूला बजारबाट साना व्यापारिक प्रतिष्ठान हुँदै उपभोक्ताको घरघरमा मालबस्तु पु¥याउने काम हाट बजारले गर्छ भन्ने मान्यता राखिन्छ ।

तर, ती र त्यस्ता उदाहरणलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले गलत साबित गर्दै मौलिकता झल्कने मालबस्तुको खरिद बिक्री हुने गरी हाट बजार सुरु गरेको छ ।

गाउँपालिका आफ्नै नेतृत्व तथा केही गैरसरकारी संस्थाहरुको समन्वयमा अब हरेक महिनाको १ गते र १५ गते वडा नं ५ चैनपुरस्थित पालिका केन्द्र प्रवेश गर्ने मनहरी खोलाको बगर किनारमा हाट बजार सञ्चालन हुनेछ । हाटबजारको उद्घाटन बागमती प्रदेशका सांसद एबम् पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नु भएको छ ।

हाटबजार उद्घाटनलाई सम्बोधन गर्दै बानियाँले स्थानीय उत्पादनलाई प्रवद्र्धनका लागि हाटबजारको महत्वपूर्ण भूमिका रहने भन्दै स्थानीय कृषि, पशुपालन र मौलिक उत्पादनको बिक्री प्रवद्र्धनमा पालिकाले ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बनस्तम थिङले स्वागत गरेका थिए भने ५ नं वडाध्यक्ष हरिबहादुर प्रजा, बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, पूर्व सांसद ओमबहादुर ग्लान, जिल्ला समन्वय समितिका प्रमुख ललितकुमार घलान, नेकपा एमाले राक्सिराङ अध्यक्ष सिंगराम रुम्बा, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, सुक्ष्म पुष्प समाजका तर्फबाट बिशुमान प्रजा लगायतले हाटबजारको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

हाट बजारमा नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, स्थानीय भौगोलिकतासँग नजिक रहेर गीत सिर्जना गर्ने गायक गमबहादुर चेपाङसहितका गायकहरुले गीत गाउनु भएको थियो भने राक्सिराङ गाउँपालिकास्तरीय मगर संघ, तामाङ घेदुङ संघ लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मोडल एबम् सञ्चारकर्मी पवनकुमार चेपाङ, सनराइज इंग्लिस स्कुलका बालबालिकाहरुले पनि नृत्य प्रस्तुत गर्नु भएको थियो भने भ¥याङकाली पञ्चैबाजा समूहले नौमती बाजा बजाएर मौलिकता झल्काएको थियो ।

आयोजकका अनुसार हाटबजारमा २० वटा स्टलहरु छन् । स्थानीय आरनमा निर्मित फलामका भाँडाकुँडा र हातहतियारहरु, लोकल कुखुरा, राक्सिराङमा उत्पादिन बंगुरको मासु, चेपाङ समुदायको पहिचानको रुपमा रहेको गिट्ठा, भ्याकुर, तरुलहरु प्रदर्शनी गरिएको थियो ।

त्यसैगरी राक्सिराङमा उत्पादिन मह, अदुवा, तरकारी, अम्रिसोको कुचो, बेतबाँसका सामग्रीहरु, स्थानीय माछा, गिट्ठाको चिप्स, मास, मस्याङ, कोदो, फापर, मकैका प्याकेटहरु समेत प्रदर्शनी र बिक्रीका लागि राखिएको थियो ।

हाट बजारमा सहभागीहरुले मौलिकता झल्कने हाटबजार सञ्चालनका लागि गाउँपालिकालाई धन्यवाद दिएपनि यसको स्थायित्वको भने आशंका गरेका छन् ।

तर पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरी बजार हरेक महिनाको १ र १५ गते बन्द गरिने हुँदा ६ किलोमिटरको दुरीमा सजिलै पुग्न सकिने राक्सिराङमा हाटबजार सञ्चालनका लागि त्यति असजिलो अबस्था नआउने गाउँपालिकाको ठम्याई छ । हाट बजार सञ्चालनका लागि गैरसरकारी संस्थाहरु जन वकालत मञ्च, दिगो विकासका लागि एकता नेपाल, नारी सीप सिर्जना केन्द्र, बिघ्नहर्ता नेपाल, सुक्ष्म पुष्प समाज तथा स्थानीय सहकारीहरुले सहकार्य गरेको राक्सिराङ गाउँपािलका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

तस्वीरमा हेर्नुहोस् हाट बजार ।
तस्वीरहरुः शिवकुमार काशी/मनहरी लाइभ

हाटबजारमा बिक्रीका लागि राखिएको तरकारी ।
हाटबजारमा बिक्रीका लागि राखिएको तरकारी ।
हाटबजारमा बिक्रीका लागि राखिएको मह, पिडालु र गेडागुडी ।
राक्सिराङमा उत्पादित अदुवा हाटबजारमा बिक्री हुँदै ।
हाटबजारमा बिक्रीका लागि राखिएको स्थानीय अम्रिसोबाट निर्मित कुचो ।
हाटबजारमा बिक्रीका लागि राखिएको तरकारी ।
हाटबजारमा बिक्री र प्रदर्शनका लागि राखिएको चेपाङ समुदायले प्रयोग गर्ने खाद्य सामग्री तरुल, गिठा, भ्याकुर आदि ।
हाटबजारमा बिक्री र प्रदर्शनका लागि राखिएको स्थानीय उत्पादन, कोदो, मकै, गेडागुडी आदिको प्याकेट ।
हाटबजारमा बिक्री र प्रदर्शनका लागि राखिएको स्थानीय आरन र सीपमा आधारित फलामबाट निर्मित भाँडाकुँडा र घरेलु हात हतियारहरु ।
हाटबजारमा बिक्री र प्रदर्शनका लागि राखिएको तरकारीसहित स्थानीय उत्पादनहरु ।
हाटबजारमा गिठा भ्याकुरसहित मौलिक खानेकुराहरु पाइने खाजा घर ।
राक्सिराङका बंगुरपालक किसानले उत्पादन गरेको बंगुरको मासु बिक्री हुँदै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here