Tuesday, May 21, 2024

आँखा शिविरमा १९ जनामा मोतिविन्दुको समस्या पहिचान

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २८ गते । विहिबार मनहरी ६ स्थित राष्ट्रिय माबि सुनाचुरीमा भएको आँखा शिविरमा ७५ जनाले आँखा परीक्षण गरेका छन् ।

जसमध्य १९ जनामा मोतिविन्दुको समस्या देखा परेको रोटरी क्लब अफ हेटौडाका सदस्य विदुर रिजालले बताउनुभयो । मोतिविन्दुका समस्या देखा परेका १९ जनाको शल्यक्रिया समेत गरिएको उहाँले बताउनुभयो ।

रोट्रयाक्ट क्लब अफ हेटौडा, रोटरी क्लब अफ हेटौडा र सामुदायिक आँखा अस्पताल हेटौडाको आयोजनामा भएको शिविरमा निशुल्क परीक्षण तथा शल्यक्रिया गरिएको छ ।

लोकप्रिय

Related Articles