Sunday, September 15, 2024

राक्सिराङमा फागुन १ गते हुने कृषि हाटबजारको तयारी अन्तिम चरणमा

ताजा / भरखरै प्राप्त

राक्सिराङ–माघ २८ गते । राक्सिराङ गाउँपालिकाले फागुन १ गते कृषि हाटबजार सञ्चालन गर्ने भएको छ । यस अघि माघ १५ गतेबाट नै हाटबजार सञ्चालन गर्ने भनिए पनि मेला सरेर फागुन १ देखि गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार गाउँपालिकाले फागुगनन १ गते कृषि हाटबजार सञ्चालन गर्न लागेको हो । कृषि हाटबजार महिनामा २ दिन प्रत्येक महिनाको १ गते र १५ गते सञ्चालन हुने गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले बताउनुभयो ।

साथै हाटबजार सञ्चालनको तयारी पनि अन्तिम चरणमा पुगेको उपाध्यक्ष थिङले बताउनुभयो । कृषि मेला सञ्चालनका लागि गाउँपालिका वडा नम्बर ५ चैनपुरको व्यवस्थापन समितिको आयोजनामा कृषि हाटबजार सञ्चालन हुने छ ।

कृषि हाटबजार समितिको संयोजक सन्तोष थापा रहेको उपाध्यक्ष थिङले बताउनुभयो । हाटबजारमा स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ गाउँपालिकाका ९ वटै वडा समेट्ने गरी सञ्चालन गर्न लागेको हाटबजार सञ्चालन समितिका संयोजक थापाले जानकारी दिनुभयो ।

हाट बजारमा रैथानेबाली, कृषि उपज वस्तुहरुको प्रदर्शनी तथा बिक्री वितरणलाई प्राथमिकाता दिइने छ । साथै स्थानीय खानाका परिकारहरुको स्टल समेत रहने जनाएको छ ।

कृषि हाटबजारमा साँस्कृतिक कार्यक्रम समेत रहने छ । जसमा स्थानीय कलाकारहरुले जातीय पहिचान, साँस्कृतिक नृत्य तथा गायन प्रस्तुत गर्ने छन् । कृषि हाटबजार राक्सिराङ गाउँपालिका तथा विभिन्न कृषि सहकारी संस्थाहरुको सहयोगमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

लोकप्रिय

Related Articles