Friday, September 13, 2024

राप्ती डिभिजन वन कार्यालय मनहरीले तीन दिन भव्यरुपमा सालक दिवस मनाउने

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २७ गते । सालकलाई मकवानपुरको गौरवको जनावरकोरुपमा घोषणा गरिदै छ । राप्ती डिभिजन वन कार्यालय मनहरीको विशेष अग्रसरतामा सालकलाई मकवानपुरको गौरवाको जनावरकोरुपमा घोषणा गरिन लागेको हो ।

अन्तराष्ट्रीय सालक दिवस प्रत्येक वर्षको फेब्रुअरी महिनाको दोस्रो शनिबार मनाइने गरिन्छ । यस वर्ष नेपाली महिना अनुसार फागुन ६ गते परेको छ ।

सोही अवसरमा राप्ती डिभिजन वन कार्यालय मनहरीले फागुन ४, ५ र ६ गते सालक दिवस मनाउने तयारी गरेको छ । सो तयारी अन्तिम चरणमा पुगेको राप्ती डिभिन वन कार्यालय मनहरीका प्रमुख (डिएफओ) विष्णु प्रसाद आचार्यले बताउनुभयो ।

तीन दिने कार्यक्रमको मुख्य दिन ५ गते कार्यालय परिसरमा विद्यार्थीको सहभागितामा सालक दिवस मनाइने पनि उहाँले बताउनुभयो । सालकलाई मकवानपुर जिल्लाको गौरवको जनावरकोरुपमा घोषणा भने केही समय पछि गरिने उहाँले बताउनुभयो ।

जाडो महिनामा सालक दुलो भित्रै बस्ने भएकोले एकिन तथ्यांक नआएको कारण घोषणा कार्यलाई पछि सारिएको उहाँले प्रष्ट पार्नुभयो । मकवानपुर जिल्लाको १०० वटा भन्दा बढि सामुदायिक वनमा सालक रहेको उहाँले जिकिर गर्नुभयो ।

यसको तथ्यांक अझ बढ्न सक्ने भएकोले क्यामेरा ट्रयापिङको सहायताले गणना पनि गरिने उहाँले बताउनुभो । विशेषगरी बैशाख, जेठको रातको समयमा मात्र यो जनवार बाहिर निस्कने भएकोले यसलाई सजिलै देख्न भनि सकिदैन् ।

५ गते हुने कार्यक्रममा विद्यार्थीहरुद्वारा रचित सालक सम्बन्धी गीत, कविता अन्य रचनाहरु पनि समावेश गरिने उहाँले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका वन मन्त्री राजु विष्टको प्रमुख आतिथ्यता रहने छ ।

लोकप्रिय

Related Articles