Monday, July 15, 2024

राष्ट्रिय मावि सुनाचुरीमा प्राथमिक तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २७ गते । श्री राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीमा वडा नं ६ भित्रका प्राथमिक बिद्यालय तह अन्तर्गत अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता भएको छ ।

योल्मो रेमिटेन्स सेन्टरले प्रायोजन गरेको प्रतियोगिता राष्ट्रिय मावि सुनाचुरीको आयोजनामा भएको हो । अन्तर बिधालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा राष्ट्रिय मावि सुनाचुरी प्रथम भएको छ ।

त्यस्तै श्री सगरमाथा आधारभूत बिद्यालय रुपाचुरी द्वितीय र श्री प्रगती प्राथमिक बिद्यालय लोथर तृतीय भएको छ भने श्री जनजाति उत्थान प्राथमिक बिद्यालय नयांबस्ती सान्त्वना भएको योल्मो रेमिटेन्स सेन्टर मनहरी ६ का संचालक सोनाम तामाङले बताउनुभयो ।

विजनेससंगै समाज सेवालाई पनि साथमा लिएर जाने भावाना अनुरुप विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

विजेता हुने सबै विद्यालयलाई शैक्षिक सामग्रिसंगै प्रमाण वितरण गरेको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थिङको अध्यक्षता तथा मनहरी ६ का वडा अध्यक्ष युबराज थपलियाको प्रमुख आतिथ्यता एबम बिधालयका प्रधानाध्यापक सुर्य बहादुर मोक्तान लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय

Related Articles