Tuesday, January 14, 2025

युनिभर्सल लर्निङ एकेडेमीमा भव्य ‘स्पोर्टस् डे’ आयोजना

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २७ गते । मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले भव्य स्पोर्टस् डे गरेको छ ।

शुक्रबार विद्यालयको प्राङ्गणमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुले विभिन्न खेलहरु खेलेर स्पोर्टस् डे मनाएका हुन् ।

स्पोर्टस डेमा ड्रिल, डान्डिया डान्स, मार्च पास्ट गरेको थिए । कार्यक्रममा अभिभावकलाई समेत गेममा सहभागी गराइएको थियो ।

विद्यार्थीहरुका लागि चकलेट दौड, म्याथ दौड, भ्यागुते उफ्राई, बोरा दौड, चुरा तथा गुच्चा संकलन, सियो धागो दौड, हक्की जस्ता गेमहरु खेलाइएको थियो ।

गेममा प्रथम, द्वितिय र तृतिय हुनेलाई प्रमाण पत्र सहित मेडल प्रदान गरिएको थियो । अभिभावहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा गेममा पनि उत्साहपूर्ण सभागिता जनाएका थिए ।

अभिभावकहरका लागि कि रिङ पास गेम गराइएको थियो । विजेता हुने अभिभावकलाई रु १ हजारको पुरस्कार राशी राखिए पनि कुनै पनि अभिभावकले गेममा निश्चित दुरी पार गर्न सकेनन् ।

लोकप्रिय

Related Articles