Monday, July 15, 2024

मनहरीमा फागुन ३ र ४ गते राष्ट्रपति रनिङ शिल्ड छनौट हुने

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २५ गते । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मनहरी गाउँपालिकास्तरीय छनौट कार्यक्रम आगामी फागुन ३ र ४ गते मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालय परिसरमा हुने भएको छ ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको उपस्थितिमा बसेको माध्यमिक तथा आधारभूत तहका प्रधानाध्यापकहरुको बैठकले छनौट कार्यक्रमको मिति र स्थान तय गरेको हो ।

विद्यालयहरुबाट छात्र भलिवल, छात्रा भलिवल, कबड्डी र एथ्लेटिक्स अन्तर्गत विभिन्न दूरीका दौड, लङ जम्प, हाइजम्प, मार्सल आर्ट तर्फ कराँते, तेक्वान्दो लगायतका कार्यक्रमहरुमा विद्यार्थीहरुको सहभागिता हुने अपेक्षा गरिएको छ ।

हरेक सहभागी विद्यालयहरुलाई १५ हजार रुपियाँका दरले तयारीका लागि आर्थिक सहयोग प्रदान गरिने समेत निर्णय भएको छ ।

शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाका अनुसार राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले छनौट प्रतियोगिताको समन्वय र व्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त गरेको छ ।

छनौट प्रतियोगिताबाट छानिएका खेलाडीहरु आगामी फागुन ६ र ७ गते हेटौँडामा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

लोकप्रिय

Related Articles