मनहरी–माघ २३ गते । नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपाल मनहरी गाउँ कमिटीले पश्चिम मकवानपुरको एकमात्र बहुमुखी क्याम्पस मनहरी बहुमुखी क्याम्पस परिसर सरसफाई गरेको छ ।
मनहरी गाउँपालिका युवा संघ कमिटीका अध्यक्ष बाबु थिङको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एमालेका जिल्ला कमिटी सदस्य बिरन डिसी र मनहरी बहुमुखी क्याम्पसका अध्यक्ष ओम बहादुर गलान (प्रदीप)को रोहबरमा राष्ट्रिय युवा संघ नेपालका युवाहरुको नेतृत्वमा क्याम्पस परिसरको सरसफाईसंगै भलिबल र ब्याडमिन्टन कोर्ट समेत तयार गरेको हो ।
साथै संघले क्याम्पसलाई खेल सामग्रीहरु समेत प्रदान गरेको संघका अध्यक्ष बाबु थिङले बताउनुभयो । शनिबार र आइतबार युवा संघको टोलीले क्याम्पस परिसर सरसफाई संगै खेल मैदान समेत निर्माण गरेको हो ।
पश्चिम मकवानपुरको एक मात्र बहुमुखी क्याम्पस आन्तरिक व्यवस्थापनको कारण केही समय पठनपाठन नै बन्द भएकोमा नयाँ व्यवस्थापन समिति निर्माण भएसंगै अहिले चौतफीरुपमा क्याम्पस परिवर्तनका लागि दवाव बढेसंगै विभिन्न सरोकार निकायहरुले समेत चासोका साथ सहयोगमा जुटेको छ ।
केही समय अघि नेकपा (माओवादी) निकट वाइसियलले पनि क्याम्पस परिसर सरसफाई गरेको थियो । नयाँ कार्य समिति निर्माण भएसंगै समितिले क्याम्पसको आर्थिक अवस्था सुधार गर्न अक्षय कोषलाई प्राथमिकतामा राखेको छ ।
विभिन्न व्यक्ति तथा संस्थाहरुमार्फत रकम संकलन गर्दै अक्षय कोष स्थापना गर्न लागिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर गलान (प्रदीप) ले बताउनुभयो ।