Thursday, May 30, 2024

हेटौडा डान्सिङ स्टारमा मनहरीकी चौधरी द्वितीय

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २२ गते । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ अन्तर्गत सञ्चालन भएको हेटौंडा डान्सिङ स्टारमा मनहरीकी दीपिका चौधरी द्वितीय हुनुभएको छ ।

आइतबार भएको फाइनल प्रतिस्पर्धामा एसएमएस भोटिङ र निर्णायकको मूल्याङ्कनको आधारमा दीलु ऋतु श्रेष्ठ प्रथम बन्नुभएको छ ।

प्रथम स्थान हाँसिल गर्न सफल श्रेष्ठले नगद ३० हजार रुपैयाँसहित माउन्ेटन फ्लाइट लगायतका पुरस्कारहरु प्राप्त गर्नुभएको छ भने प्रतियोगिताको द्वितीय चौधरीले नगद २० हजार सति प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।

चौधरी युनिभर्सल लर्निङ एकेडेमीको कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । यस अघि पनि चितवनमा भएको चितवन महोत्सवमा चौधरीले नृत्यमा पहिलो बन्नुभएको थियो ।

त्यस्तै प्रतियोगितमा मन्दिरा घिसिङ तृतीय हुनभएको छ । तृतीयले अन्य पुरस्कारसहित १० हजार रुपैयाँ प्राप्त गरेको डान्सिङ स्टार व्यवस्थापन समितिका सदस्य भृगु कार्कीले बताउनुभयो ।

लोकप्रिय

Related Articles