Wednesday, May 22, 2024

राष्ट्रिय मावि सुनाचुरीमा माघ २६ गते आँखा शिविर हुने

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २१ गते । राष्ट्रिय मावि सुनाचुरीमा यहि माघ २६ गते बिहिबार आँखा शिविर हुने भएको छ ।

रोटरी क्लब अफ हेटौडा, रोट्रयाक्ट क्लब अफ हेटौडा र हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा आँखा शिविर हुन लागेको रोटरी क्लब अफ हेटौडाका सदस्य एबम् आँखा शिविर संञ्चालन समितिका सदस्य विदुर रिजालले बताउनुभयो ।

शिविरमा छनौट भएका बिरामीहरुलाई मोतिबिन्दुका लागि सोहि दिन हस्पिटल लगिने उहाँले बताउनुभयो ।

बिरामीहरुका लागि जाने, बस्ने खाने र अपरेशन एवम् औषधी समेत निशुल्क वितरण गरिने आयोजकले जनाएको छ ।

साथै शिविरमा आएका सामान्य बिरामीहरुलाई आवश्यक्ता अनुसार उचित परामर्श, उपचार र औषधि समेत वितरण गरिने जनाएको छ । आँखा शिविर बिहान १० बजेदेखि दिउसो २ बजे सम्म सञ्चालन हुने जनाएको छ ।

लोकप्रिय

Related Articles