Wednesday, May 22, 2024

युनिभर्सलकी दीपिका हेटौडा डान्सिङ स्टारको फाइनलमाः भोट गर्न सबैमा अपिल

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २१ गते । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अन्तरगत भइरहेको हेटौंडा डान्सिङ स्टारमा मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित रहेको युनिर्भल लर्निङ एकेडेमीको कक्षा ९ मा अध्ययनरत दीपिका चौधरी फाइनलमा प्रवेश गर्नुभएको छ ।

शुक्रबार भएको सेमिफाइनलबाट फाइनलमा प्रवेश भएसंगै एसएमएस मार्फत भोटिङ समेत खुला भएको छ । हेटौंडा डान्सिङ स्टारमा मनहरीका दिपिकासंगै उत्कृष्ट ७ प्रतियोगि प्रतिस्पर्धामा छन् ।

जसमा रोमिया भट्टराई २, अन्तिमा लामा ३, दीपिका चौधरी ४, रोशन आले मगर ५ , स्यारन श्रेष्ठ ६, मन्दिरा घिसिङ ७ र दील रीतु श्रेष्ठ ९ रहेका छन् । उनीहरुको फाइनल आइतबार हुनेछ ।

मनहरीलाइभसंग कुरा गर्दै प्रतिस्पर्धी चौधरीले आफुलाई भोट हाल्न समस्त मनहरीबासीलाई आग्रह समेत गर्नुभएको छ । भोट हाल्न हेटौंडा डान्सिङ स्टारको सर्टफर्म एचडीएस (HDS 04) स्पेस ०४ टाइप गरी ३१००३ मा मेसेज पठाउनुपर्ने चौधरीले बताउनुभयो ।

हेटौंडा डान्सिङ स्टार व्यवस्थापन समितिका संयोजक एवम संघका सह–कोषाध्यक्ष नीलम पाण्डेका अनुसार एसएमएस भोटिङ र निर्णायकको मूल्याङ्कनको आधारमा हेटौंडा डान्सिङ स्टारको उपाधि प्रदान गरिने बताउनुभयो ।

लोकप्रिय

Related Articles