राक्सिराङ–माघ १३ गते । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ सिलिङ्गे सिमरगाउँमा बौद्ध गुम्बाको समुद्घाटन गरिएको छ । राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले २ गट्ठा क्षेत्रफलमा नब निर्मित छ्युसी बौद्ध गुम्बाको समुद्घाटन गर्नुभएको हो ।
समुदघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष थिङले कला सँस्कृती र धर्म संरक्षण गर्न सके मात्र विभिन्न समुदायको अस्तित्व रहने बताउनुभयो ।
२६ लाखमा निर्माण सम्पन्न भएको गुम्बाको निर्माण कार्यमा प्रदेश पुर्वाधार संसद बिकास कोषबाट ओम बहादुर ग्लानको पालामा १० लाख छुट्टिएको बजेटबाट बनाउन शुरु गरेको थियो ।
गुम्बाको निर्माण सम्पन्नतामा अघिल्लो स्थानिय वडा सरकार र बर्तमान वडा सरकारले बजेट छुट्याई गुम्बा निर्माण कार्यमा सहयोग गरेको गुम्बा निर्माण समितिका अध्यक्ष सबिन लोप्चनले बताउनु भयो ।
साथै गुम्मबा समुद्घाटनसंगै गुम्बा परिसरमा बृहत सास्कृतिक कार्यक्रम समेत गरिएको छ । तामाङ समुदायको नयाँ पर्व सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
साँस्कृतिक कार्यक्रममा चर्चित गायकहरु हरि योन्जन, प्रकाश तितुङ, उर्मिला प्रजा, बालिका तामाङ, अमिर लोप्चन, प्रसान्त चेपाङ, बम बहादुर चेपाङ लगायत रास्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
कार्यक्रममा राक्सिराङ गाउपालिका ६, २ र ३ नम्बर वडाका अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि एबम् संघ सस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।