Tuesday, May 21, 2024

सिविन नेपालद्वारा विद्यार्थीलाई आर्थिक सहयोग

ताजा / भरखरै प्राप्त

मनहरी–माघ १३ गते । मनहरी गाउँपालिका वडा नम्बर ८ स्थित महेन्द्र किरण माबिका १५ जना गरिब र जेहेन्दार विद्यार्थीहरुलाई आन्तरिक शुल्क स्वरुप २ महिनाको लागि ३६ हजार बराबरको आर्थिक सहयोग गरिएको छ ।

सिविन नेपाल बालहेल्पलाइन १०९८ ले विद्यार्थीहरुलाई उक्त रकम सहयोग गरेको हो । उक्त वडामा सञ्चालित बाल श्रम न्यूनीकरण परियोजना अन्तरगत बालबालिकालाई श्रमबाट टाडा राखी शिक्षामा जोड दिनका लागि सहयोग गरिएका वडाका सिबिन नेपाल सामाजिक परिचालक राजेन्द्र कुमार मुक्तानले बताउनुभयो ।

बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई यस्ता खाले सहयोग गरिएकोमा बिद्यालयका प्रध्यानध्यापक शिव रिमालले सिविन नेपाललाई धन्यवाद दिनुभएको छ ।

सहयोग वितरण कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती बिद्यालयका प्रध्यानध्यापक शिव रिमाल, सामाजिक परिचालक राजेन्द्र कुमार मुक्तान र विद्यार्थीहरुको रहोबरमा सहयोग गरिएको हो ।

लोकप्रिय

Related Articles