Wednesday, May 22, 2024

सरस्वती पूजामा रक्तदान कार्यक्रम

ताजा / भरखरै प्राप्त

मनहरी–माघ १२ गते । राक्सिराङ गाउँपालिका–३, पलाँसे स्थित सनराइज इंग्लिस पव्लिक स्कुलले बिहीबार रक्तदान कार्यक्रम गरेको छ ।

विद्याकी देवी सरस्वतीको पूजा आरधना गरिने पर्वकोरुपमा रहेको सरस्वती पूजाको अवसरमा रक्तदान कार्यक्रम गरिएको स्कुलका प्रिन्सिपल काजिराम मोक्तानले बताउनुभयो ।

सामाजिक सेवामा स्कुल परिवारको पनि सहयोग रहोस भन्ने उदेश्य सहित रक्तदान कार्यक्रम गरिएको मोक्तालने बताउनुभयो ।

बिहिबार भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

जिल्लाकै दुर्गम क्षेत्रमा भएको कार्यक्रममा ३७ जनाले रक्तादन गर्नु भनेको राम्रो संख्यामा रक्तदाताको सहभागिता रहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहालले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका पदाधिकारी तथा विद्यालयका शिक्षक, कर्मचारीको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles