Monday, March 17, 2025

पशुपतिनाथका २ जना अनुशाशित विद्यार्थी सम्मानीत

ताजा / भरखरै प्राप्त

मनहरी–माघ १२ गते । पशुपतिनाथ माविमा अध्ययनरत दुई जना विद्यार्थी अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत भएका छन् ।

सरस्वती पूजाको अवसरमा एक छात्र र एक छात्रालाई सम्मानीत भएका हुन् । कक्षा ९ की छात्रा सुष्मा कार्की र कक्षा ८ का छात्र सन्दीप प्रजालाई विद्यालयका अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताउनुभयो ।

मनहरी गाउँपालिकाको कार्यपालिका सदस्य मीरा खत्री, मनहरी–४ का पूर्बवडाध्यक्ष ध्रुब खड्का, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले विद्यार्थीलाई नगद सहित सम्मानपत्र प्रदान गरिएको प्रधानाध्यापक आचार्यले बताउनुभयो । हरेक श्रीपञ्चमीका दिन विद्यालयले यस्तै सम्मान गर्दै आएको समेत उहाँले बताउनुभयो ।

उक्त विद्यालयमा अध्यापन गर्ने शिक्षक चेतप्रसाद पौडेलले आफ्नो माता जसोदादेबी पौडेल र पिता लालप्रसाद पौडेको स्मृतिमा स्थापना गरेको अनुशाशित विद्यार्थी सम्मान प्रदान गरिएको हो ।

शिक्षक पौडेलले सेवानिबृत्त जीवनमा आफूले अध्यापन गरेको विद्यालयलाई सहयोग गर्ने क्रममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी पुरस्कार स्थापना गर्नुभएको हो ।


५० हजार रुपैयाँको वार्षिक ब्याज आम्दानीबाट दुई जना छात्रछात्रालाई नगद तथा प्रशंशापत्र प्रदान गरिएको प्रधानाध्यापक आचार्यले बताउनुभयो । बिगत ६ बर्षदेखि विद्यालयले बसन्तपञ्चमीको अवसरमा विद्यार्थी सम्मान गर्न थालेको उहाँले बताउनुभयो ।

लोकप्रिय

Related Articles