Saturday, September 14, 2024

युनिभर्सल लर्निङ एकेडेमीमा विज्ञान तथा चित्रकला प्रदर्शनी

ताजा / भरखरै प्राप्त

मनहरी–माघ १२ गते । युनिभर्सल लर्निङ एकेडेमीमा बिहिबार विज्ञान तथा चित्रकला प्रदर्शनी गरिएको छ ।

सोही विद्यालयमा अध्ययनरत कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुले तयार पारिएको विज्ञान तथा चित्रकला प्रदर्शनी गरिएको हो ।

सोही विद्यालयमा अध्ययनरत कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुले तयार पारिएको विज्ञान तथा चित्रकला प्रदर्शनी गरिएको हो ।

सो प्रदर्सनमा मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर (रेखा), नेकपा माओवादी केन्द्र बागमती प्रदेश सभा सदस्य बिर बहादुर ग्लान (ज्वाला), राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शालिराम बानियाँ, नेकपा माओवादी केन्द्र निकट वाइसिएल मनहरी गाउँ कमिटी इन्चार्ज इश्वर थापा, अभिभावक लगायतकाले अवलकोन गरेका थिए ।

प्रदर्शनीको अवलोकन गर्दै उपाध्यक्ष पुलामीले यस्ता खाले प्रदर्शनले विद्यार्थीहरुमा सिकाईमा थप हौसला मिल्ने हुँदा आगामी दीनमा पनि यस्ता खाले प्रदर्शनीलाई प्राथमिकतामा राखी प्रयोगात्मक शिक्षण विधि अपनाउन सुझाव समेत दिनुभयो ।

प्रदर्शनीमा विद्यार्थीहरुले जेसिवि, वाटर बेल, जाइलोफोन, इको सिस्टम लगायतका विज्ञान प्रदर्शनी गरेका थिए भने पुराना सिक्काहरुको संकलन गरी प्रदर्शन गरेका थिए ।

विद्याकी देबी सरस्वतीको पूजा आरधना गरिने पर्वकोरुपमा रहेको सरस्वती पूजा अर्थात बसन्त पञ्चमीको अवसरमा विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

लोकप्रिय

Related Articles