Thursday, November 14, 2024

क्युपेक मनहरी गाउँ कमिटीद्वारा मनहरी गाउँपालिकालाई विभिन्न ज्ञापन पत्र

ताजा / भरखरै प्राप्त

मनहरी–माघ १० गते । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) मनहरी गाउँ कमिटीले मनहरी गाउँपालिकालाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ ।

असंगठित क्षेत्रमा काम गर्ने निर्माण मजदुरहरुको संरक्षण गर्नु राज्यको दायित्व भएको र संरक्षणका लागि राज्यको तर्फबाट ध्यान पुगोस भनि स्थानीय निकायको ध्यानाकर्षण गरिएको माग पत्रमा उल्लेख छ ।

निर्माण क्षेत्र जस्तो संवेदशील क्षेत्रका मजदुरहरुको समस्या समाधानमा स्थानीय तहको ध्यान अझैसम्म जान नसकिरहेको भन्दै स्थानीय निकायलाई यस विषयमा सजग बन्न सुझाएको छ ।

क्युपेक नेपाल मनहरी अध्यक्ष रुद्र बहादुर विक सहितको टोलीले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई माग पत्र बुझाएको हो । माग पत्रमा विभिन्न १० वटा मागहरु समावेश गरिएको छ । भवन निर्माणको नक्सा पास गर्दा नै निर्माण मजदुरहरुको अनिवार्य दुर्घटना बिमा गर्न, अंगभंग भएमा जीवनभर बाँँच्न पुग्नेगरी रकमको व्यवस्था तथा उचित क्षतिपुर्तिको व्यवस्था गर्न माग गरिएको छ ।

साथै मजदुरहरुलाई दक्षतको आधारमा स्थानीय निकायबाट दक्षताको प्रमाण पत्र प्रदान गर्न तथा कार्य दक्षता अभिवृद्धिका लागि सम्बन्धित विषयको तालिम प्रदान गर्न हरेक आर्थिक वर्षमा बजेतको व्यवस्था गर्न माग गरेका छन् । माग पत्र बुझ्दै अध्यक्ष कालाखेतीले आगामी गाउँसभाबाट मजदुरहरुको विषयमा श्रम ऐन निर्माण गर्ने बताउनुभयो ।

लोकप्रिय

Related Articles