Thursday, May 30, 2024

मनहरी गाउँपालिकाका गर्भवती महिलाको लागि एकपटक निशुल्क भिडियो एक्सरे सेवा दिइने

ताजा / भरखरै प्राप्त

मनहरी–माघ ९ गते । मनहरी गाउँपालिकाका गर्भवती महिलाको लागि एकपटक निशुल्क भिडियो एक्सरे सेवा दिइने भएको छ ।

मनहरी गाउँपालिका र सुनौलो भविष्य पोलिक्लिनिक हेटौंडाबीच गर्भवतीलाई एकपटक निशुल्क भिडियो एक्सरे सेवा दिने सम्झौता भएको हो ।

जसबाट ८ सय जना गर्भवतीहरुले प्रत्यक्ष सेवा लिन सक्ने मनहरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले बताउनुभयो ।

गर्भवती महिलाले उक्त निशुल्क सेवा लिनका लागि स्वास्थ्य संस्थामा जाँच गराइ रेफर लिनुपर्ने स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

एउटा गर्भवतीले आफ्नो गर्भावस्थामा १ पटक यो सेवा निशुल्क लिन सक्ने जनाइएको छ । गर्भवती महिलाको सहजताको लागि पालिकाले सुनौलो भविष्य पोलिक्लिनिकसँग सम्झौता गरिएको दाहालले बताउनुभयो ।

मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ र सुनौलो भविष्यका विजय श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार गाउँपालिका भित्रका गर्भवती महिलाहरुको सामान्यतया २० देखि २४ हप्ताको बीचमा एक पटक निशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराइने जनाइएको छ ।

लोकप्रिय

Related Articles