Wednesday, December 11, 2024

बुद्धशान्ति हरित पार्कमा ल्होछार विशेष कार्यक्रम हुनेः तयारी अन्तिम चरणमा

ताजा / भरखरै प्राप्त

मनहरी–माघ ३ गते । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्धशान्ति हरित पार्क परिसरमा यहि माघ ८ गते सोनाम ल्होछारको दिन सोनाम ल्होछार मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

मंगलबार पत्रकार सम्मेलन मार्फत तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानले ल्होछार संस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।

तामाङ पत्रकार संघ मकवानपुर र ल्होछार मेला आयोजक मुल समारोह समिति सांगे छ्योइफेल गुम्बाको संयुक्त आयोजना मनहरीमा २८५९ आँ ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ल्होछार मेला आयोजक मुल समारोह समितिका संयोजक सुरेश मुक्तानले तामाङ जातिको संस्कार संस्कृति, भेषभुषा र भाषाको संरक्षणका लागि ल्होछार पर्व मनाउन लागिएको बताउनुभयो । उहाँका अनुसार ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता तथा तामाङ समुदायबीच जागरण ल्याउन उक्त कार्यक्रमले सहयोग पुग्ने दावी छ ।

कार्यक्रममा तामाङ कलाकारहरुको गायन, नृत्य, तामाङ भेषभुषा र खानाका स्टलहरु र तामाङ संस्कृति र ल्होछार पर्वको सन्देशमुलक प्रवचन रहने मोक्तानले बताउनुभयो । कार्यक्रममा कलाकारहरु हरी योञ्जन, सुन्दर लामा, रविन कुमार चेपाङ, प्रकाश तामाङ र उर्मिला प्रजाको प्रस्तुति रहने बताएको छ ।

यस्तै ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिने भएको छ । पक्रकार सम्मेलनमा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुरराम तितुङको प्रमुख आतिथ्यता तथा ल्होछार मेला आयोजक मुल समारोह समितिका संयोजक शुरेश मुक्तानको सभाध्यक्षतामा भएको हो ।

लोकप्रिय

Related Articles