Wednesday, May 22, 2024

८१ औँ जन्मोत्सवमा साइँलीमायाद्वारा बुद्धशान्ति हरित पार्कमा गोलघर निर्माण

ताजा / भरखरै प्राप्त

मनहरी–माघ ४ गते । ८१ औँ जन्मोत्सवको अबसरमा मनहरी गाउँपालिका ७ रिभरसाइड निवासी साइँली माया स्याङ्तानले बुद्धशान्ति हरित पार्कमा गोलघर (प्रतिक्षालय) निर्माण गरिदिनु भएको छ ।

उहाँले व्यक्तिगत खर्चमा निर्माण गर्नु भएको गोलघरमा राखिएको बुद्धको मुर्तिको बिधि अनुसारको पाठपुजा र होम गरी पार्कलाई हस्तान्तरण गरिएको हो ।

गोलघर निर्माणकर्ता साइँलीमायाँ आफ्ना पतिका साथ बुद्धशान्ति हरित पार्कमा ।

साइँलीमायाका छोरा प्रकाशले आमाले सामाजिक काममा आफूले पनि केही गरेर देखाउन चाहेकाले बुद्धशान्ति हरित पार्क परिसरमा गोलघर निर्माण गर्न लगाउनु भएको बताउनुभयो ।

गोलघरमा बुद्धको मुर्ति समेत राखिएकाले विधि अनुसार पुजापाठ गरी पार्कलाई हस्तान्तरण गरिएको प्रकाशले बताउनुभयो ।
पुजापाठकमा साङ्ग छोयफेल गुम्बा व्यवस्थापन समितिका पदाधिकारीहरु र पार्क निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

पारिवारिक जमघट र स्थानीय भद्रभलाद्मीहरु खुसीलाल मुक्तान, नारायण घिसिङ, सुरेश मुक्तान लगायतको सहभागितामा गोलघरको पुजापाठ गरी गरिएको स्याङ्तान परिवारले जनाएको छ ।

लोकप्रिय

Related Articles