Saturday, September 14, 2024

मनहरी क्याम्पस व्यवस्थापनको पहिलो बैठकः आर्थिक स्रोत व्यवस्थापन र गुणस्तरीय शिक्षामा जोड

ताजा / भरखरै प्राप्त

मनहरी–पुस २४ गते । मनहरी गाउँपालिकाकै पहिलो बहुमुखी क्याम्पसले शनिबार मात्र नयाँ व्यवस्थापन समिति पायो ।

लामो समय क्याम्पसका प्राध्यापकहरुले आफ्नो तलब भत्ता नपाउँदा पेन डाउन गरेका थिए । यसको हल कुनै पनि निकायबाट नभएपछि अन्तत नयाँ व्यवस्थापन समित निर्माण भयो ।

अध्यक्षमा बागमती प्रदेश सभाका पूर्व सांसद ओम बहादुर ग्लान प्रदीपको अध्यक्षतामा ८ सदस्यीय समिति निर्माण भयो । सो समितिको पहिलो बैठक आइतबार बसेको छ ।

बैठकले क्याम्पसमा रहेको समस्या कसरी हल गर्ने भन्ने विषयलाई केन्द्रमा राखेर छलफल अगाडी बढेको ग्लानले बताउनुभयो ।

जसका लागि व्यवस्थापन समितिको टोली गाउँपालिका पुगेर गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सिता पुलामी, प्रमुख पशासकीय अधिकृत मोहन कुमार श्रेष्ठसंगल छलफल गरेको छ । उहाँहरु क्याम्पसलाई अघि बढाउन सकारात्मक भएको ग्लानले बताउनुभयो ।

साथै बैठकमा प्राध्यापकहरुको तलब भत्ता, कक्षा सञ्चालनका विषयमा समेत छलफल भएको छ । क्याम्पसको आर्थिक स्रोत व्यवस्थापन, शिक्षामा गुणस्तर विकासमा ध्यान दिइने बताइएको छ ।

जसका लागि पुस २७ गते व्यवस्थापन समिति, प्राध्यापक, कर्मचारी र विद्यार्थीसंग परिचयात्मक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको ग्लानले बताउनुभयो । अन्तरक्रियामा पूनः कक्षा सञ्चालनलाई केन्द्रमा राखेर छलफल चलाइने उहाँले बताउनुभयो ।

लोकप्रिय

Related Articles